नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिईओ र प्रबन्धकहरुको तलव /भत्ता ३ करोड ७६ लाखमाथि, संचालकहरुले कति बुझे ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड ३७ लाख ५० हजार रुपैयाँ तलव भत्ता बुझेका छन् । बैंकको सिइओमा राम कृष्ण खतिवडा रहेका छन् ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार नायव महाप्रवन्धकहरुले ८९ लाख २ हजार २ रुपैयाँ गत वर्ष तलव भत्ता बुझेका छन् । बैंकको नायव महाप्रबन्धकमा सुर्य प्रसाद तामाङ र बिनय नाथ न्यौपाने रहेका छन् ।
त्यसै गरी प्रबन्धकहरुले १ करोड ५० लाख ३७ हजार ८१ रुपैयाँ तलव भत्ता बुझेका छन् ।
बैंकले संचालक समितिको बैठक भत्ता, भ्रमण भत्ता गरी गत आर्थिक वर्षमा १७ लाख १७ हजार ७० रुपैयाँ खर्च गरेको छ ।
बैंकले बैठक भत्ता अतिरिक्त संचालकलाई संचार यातायात र पत्रपत्रिका वापत प्रति संचालक मासिक एकमुष्ठ १० हजार दिदै आएको छ । संचालकमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका सिइओ रत्न राज बज्राचार्य रहेका छन् । ग्लोबल आईएमई बैंकको सेयर यस बैंकमा ५ प्रतिशत रहेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले पौष १७ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे बार्षिक साधारणसभा बोलाएको छ ।
यो पनि
= नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !
= नेपाल धितोपत्र बोर्डले काट्यो नेशल हाइड्रो पावरलाई चिठ्ठी !
= नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !
प्रतिक्रियाहरू
Umananda
2 years ago
Lutna sake luta c e o haru bankma nai 6 6ut
Shares