सेयरधनीलाई लाभांश नदिएको कामना सेवा विकास बैंकको व्यवस्थापन खर्च १ अर्ब १६ करोडमाथि, संचालक समितिले तलव / भत्ता वापत बुझे मोटो रकम !

अर्थकागज
प्रकाशित: १४ पुस २०८०
Image description

=नेशनल हाइड्रो पावरका कार्यकारी अध्यक्ष कुमार पाण्डेको करोडौं आर्थिक अपचलन,

= नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !

= नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !

= नेपाल धितोपत्र बोर्डले काट्यो नेशल हाइड्रो पावरलाई चिठ्ठी !

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संचालक समितिका सदस्यहरुलाई आर्थिक वर्ष २०७९/२०८० मा यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिकामा ५६ लाख ९९ हजार ७२१ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकले गत आर्थिक वर्षमा संचालक समितिका बैठक भत्ता वापत १८ लाख ५८ हजार रुपैयाँ खर्च गरको छ । बैंकको संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ९ हजार रुपैयाँ र सदस्यलाई प्रति बैठक भत्ता ८ हजार रुपैयाँ तोकेको छ ।

 बैंकको संचाल समितिका अध्यक्षमा सुदिप आचार्य रहेका छन् । त्यसै गरी सदस्यहरुमा भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, बलराम बराल, विश्वेश्वर सुवेदी र सीता घिमिरे रहेका छन् । संचालक सुवेदी नेशनल हाइड्रोपावर कम्पनीका संचालक समेत हुन् ।

नियमन निकायहरुलाई कालो चस्मा लगाउन सफल सुवेदीले हाइड्रोपावर कम्पनीमा आर्थिक हिनामिना गरेको आरोप सेयरधनीले प्रश्न गरेपछि दुई पटकसम्म साधारणसभा स्थगित भएको थियो ।

अहिलेसम्म कम्पनीले साधारणसभा बोलाउन सकेको छैन । पब्लिक कम्पनीबाट फाइदा लिन माहिर सुवेदीले कामना सेवा विकास बैंकबाट पनि तलव भत्ता मापत मोटो रकम लिन सफल भएका छन् । बैंकमा विश्वेश्वर सुवेदीको सेयर ८ सय ३५ कित्ता मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्ष दुई वटा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव दिएको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार पुर्व प्रमुख कार्यकारी अधिकृतलाई तलव भत्ता बोनस सहित ६१ लख ८६ हजार ६१३ रुपैयाँ खर्च गरको छ । त्यसै गरी पुर्व सिईओलाई अन्य सुविधामा १ लाख ५९ हजार ९०२ खर्च गरको छ । बैंकले हालको सिईओलाई गत आर्थिक वर्षमा १२ लाख ६४ हजार ९६० रुपैयाँ खर्च गरेको छ । बैंकको सिईओ अहिले दिनेश थकाली रहेका छन् ।

 बैंकले गत आर्थिक वर्षमा व्यवस्थापन खर्चमा १ अर्ब १६ करोड १ लाख ५५ हजार ९६३ रुपैयाँ खर्च गरकोे छ । जसमा कर्मचारी खर्च ६२ करौड १६ लाख २६ हजार ९७२ रुपैयाँ, कार्यालय संचालन खर्च २५ करोड ३९ लाख १४ हजार ७८७ रुपैयाँ र ह्रासकट्टी खर्च १८ करोड ४६ लाख १४ हजार २०४ रुपैयाँ खर्च गरेको छ ।

बैंकले मंगलबार अर्थात पुष १७ गते लिसारा रिसेप्शन, भगवती बाहाल, नक्सालमा सत्रौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सेयरधनीलाई भने लाभांश दिएको छैंन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर