एलसीको पैसा बिल खरिद गरी कर्जामा देखाउने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । एलसी (प्रतितपत्र) का लागि स्वीकृत गरिएको पैसा बिल खरिदमा खर्च गरेर उक्त पैसा कर्जा सापटीमा देखाउने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारबाहीमा परेको छ । बैंकले विभिन्न समयमा गरी कम्पनीबाट आएको निवेदनका आधारमा ४१ करोड ३६ लाख रुपैयाँ एलसी खोलेको तर उक्त रकम बैंकले लाभग्राहीबाट बिल खरिदमा प्रयोग गरिएको भेटिएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले स्वीकृत गरी सो प्रतितपत्र अन्तर्गत भएको काराबोरमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमोसरी नोट जारी गरी बेनिफिसरीबाट बैंकले कूल ४१ करोड ३६ लाख रुपैयाँ बराबरको बिल खरिद गरी कर्जा सापटमा देखाएको केन्द्रीय बैंकले जनाएको छ ।
उसो त सो प्रतितपत्रको म्याचुरिटी डेट (परिपक्क समय) समेत बारम्बार थप गरी बैंकले उक्त कर्जालाई २०७९ चैत मसान्तसम्म इभरग्रिन गरी असल कर्जाकै रुपमा देखाएको केन्द्रीय बैंकको आरोप छ ।
यस्तै, बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं.१५ (३) (१) बमोजिम आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व बापतको खर्च समेत समावेश गरी आधार दर गणना गरिएको पाइएको केन्द्रीय बैंकले जनाएको छ ।
क्यापिटल एक्युरेसी फ्रेमवर्क, २०१५ बमोजिम बैंकले पुँजीकोष गणना गर्दा केही जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको समेत केन्द्रीय बैंकले जनाएको छ ।
यो पनि
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कहाँ खर्च गर्छ त मनोरञ्जन खर्च भनेर ?
सेयरधनीलाई लाभांश नदिएको नेपाल इन्भेष्टमण्ट मेगाको मनोरञ्जन खर्च २ करोड ५५ लाखमाथि
Shares