नेसनल हाइड्रोको अनियमितता छानबिन गर्न अख्तियारको ताकेता, असफल संचालकलाई कारवाही गर्न सेवोन र कम्पनी रजिस्ट्रारको मौनता !

प्रकाशित:
०४ चैत २०८०

काठमाडौं । नेसनल हाइड्रोको अनियमितता छानबिन गर्न अख्तियारको ताकेता गरेको छ । फागुन २९ गते मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाएर अनियमितताको छानबिन गर्न र गणपूरक संख्याका कारण पटक–पटक साधारणसभा रोकिनुलाई छानबिनका लागि निर्देशन दिएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले ताकेता गरेपछि नेसनल हाइड्रोपावरका सञ्चालकहरुलाई यति खेर १०४ डिग्रीको ज्वरो आएको छ । विशेष गरी कम्पनीका कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डे र बिश्वेश्वर सुवेदीलाई रातमा निद्रा पार्न औषधी खान परेको छ ।
कम्पनीमा आफुले गरेको अनियमिततालाई लुकाउन पाण्डे र सुवेदी लगायतका संचालकहरु रजिस्ट्रार कार्यालय लगायत राजनीति दलको शरणमा पुगेको पुगेको छन् । अपूर्ण सञ्चालक समितिले गरेको आर्थिक कारोबार र सेयर निष्कासनसम्बन्धी निर्णयमाथि छानबिन हुनुपर्ने माग राख्दै सेयरधनीहरुले नेपाल धितोपत्र बोर्ड (सेवोन) र कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गर्दै आईरहेका छन् ।
कम्पनीमा भएको अनियमिततालगायत विवाद चुलिदै गएका बेला अख्तियारको पत्रले छानबिन गर्न दबाब परेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयलाई विवादित विषयमा अनुसन्धान गर्न भनेको छ । नेसनलले झन्डै अढाइ दशकअघि सिन्धुपाल्चोकमा निर्माण गरको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेको छ । त्यसको आम्दानी र खर्च पारदर्शी नभएको आवाज सेयर होल्डरले उठाउँदै आएका छन् । अख्तियारले जरुरी र गोप्य भन्दै अनियमितताको उजुरीमाथि अनुसन्धान गर्न भनेको छ । असफल संचालकलाई कारवाही गर्न धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयको मौनता देखाएको सेयरधनीले आरोप लगाएका छन्।
कम्पनीले यसअघि गत मंसिर २२, पुस ६ र फागुन ३० मा तय गरिएको साधारणसभा गणपूरक संख्या नपुगेका कारण रोकिएको छ । सेयरधनीहरूले ९ जना सञ्चालक हुनुपर्नेमा दुई वर्षदेखि ६ जनाले मात्र जथाभावी निर्णय गर्दै आएको आरोप लगाएका छन् । त्यस्तै ऋण लगानी गर्ने बैंकको सञ्चालक र नेसनलको सञ्चालक एउटै भएकाले त्यसको छानबिन गर्नुपर्ने माग गरिएको छ । कानुनतः एउटै सञ्चालक दुवैतर्फ बस्न नहुने व्यवस्था रहेको छ । कम्पनीले अन्य नयाँ आयोजनाको निर्माणका लागि लगानी गर्न सुरु गरको छ । सेयरधनीलाई जानकारी नदिएको र तीन वर्षदेखि लाभांश नबाँडेर अन्यत्र लगानी गरको उजुरीमा उल्लेख छ ।
नेशनल हाइड्रोपावरमा गैरकानुनी धन्दाको सेटिङको जिम्मा संचालक नवराज नेपालले जिम्मा लिएका छन् । नवराज नेपाल माला इन्भेष्टमेन्ट कम्पनीबाट प्रतिनिधि भई संचालक भएका हुन् । माला इन्भेष्टमेन्ट ज्योति विकास बैंकको पनि सवै भन्दा ठुलो सेयरधनी हो । माला इन्भेष्टमेन्टको ज्योति विकासको १.८० प्रतिशत सेयर स्वामितव रहेको छ । नवराज नेपालको सेटिङमा ठुला सेयरधनी भएको ज्योति विकास बैंकबाट संचालक भएको नेशन नेशनल हाइड्रोपावरलाई करोडौ कमिसनमा ऋण दिएको गैरकानुनी धन्दा पनि रमाइलो छ । अर्काे भागमा......
यो पनि
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares